बुधबार, कार्तिक १९ गते २०८३
images
images

देशभर ८ लाख सदस्य संख्या रहेको गाँजा बैधानीक अभियानको समर्थन राजन मैनालीलाई

एक्सप्रेस पाना
कार्तिक २९, २०७९ मंगलबार
  • 217
    SHARES
  • देशभर ८ लाख सदस्य संख्या रहेको गाँजा बैधानीक अभियानको समर्थन राजन मैनालीलाई

    मकवानपुर । प्रतिनिधि सभा क्षेत्र नम्बर २ का राप्रपा उमेद्धार राजन मैनालीलाई गाँजा बैधानिक अभियानले साथ र समर्थन दिएको छ। मकवानपुरका विकट क्षेत्रमा गाँजाको खेती हुने गरेको छ। राजन मैनाली गाँजा खेतीलाई बैधानिकता दिने एजेण्डा बोकेर चुनावी मैदानमा हुनुहुन्छ। देश भर झण्डै ८ लाखको सख्यामा सदस्यरहेको गाँजा बैध अभियानले मकवानपुर क्षेत्र नम्बर १ का उमेद्धार राजन मैनालीले यो अभियानलाई पुर्ण बनाउन सक्छन् भन्ने विस्वासका साथ समर्थन गरिएको अभियानका अभियानका सदस्य राजु खनाले बताएका छन् । “मकवानपुर क्षेत्र २मा गाँजा खेति गरेर विबिकोपार्जन गर्ने धेरै छन् यो क्षेत्रमा गाँजा बैध भयोभने मकवानपुरको मात्र नभएर देशकै आर्थिक अवस्थामा सुधार आउछ” उनले भने ।  

    images

    “राजन मैनालीलाई विजयी गराउदा मात्रै हाम्रो माग पुरा हुने देखियो त्यसैले हामी सकृयरुपमा लागेका छौ” उनले भने । मैनाली निर्वाचित भएको १ बर्ष भित्र गाँजालाई बैध नबनाए आत्मदाहा गर्ने घोषण समेत गरेर चुनावी मैदानमा हुनुहुन्छ।  सन १९७० को दशकमा गाँजालाई लागूऔषधमा समावेश गर्न नेतृत्व गरेका अमेरिका, क्यानडा, जर्मनी समेत विश्वका पाँचै महादेशका ६५ भन्दा बढी देशले सरकारी निगरानी र नियमनमा रहने गरी गाँजा खेतीलाई खुला गरिसकेका छन् । उत्पादित गाँजा ३०० भन्दा बढी प्राकृतिक औषधी उत्पादन, प्राकृतिक उपचार विधि र आ-आफ्नो देशको स्थिति अनुसार नागरिकलाई क्षति नहुने गरी अन्य प्रयोगमा ल्याइरहेका छन् । 

    No description available.

    images

    सभा उमेद्वार राजन मैनालीले नेपालको भू–भाग प्राकृतिक रुपले नै गाँजा खेतीका लागि अब्बल भएको हुँदा विश्वका अन्य देशहरुले जस्तै किसानको जीवनस्तर उकास्न तथा विदेशी मुद्रा आर्जन समेतका लागि अहिलेको कानुन परिमार्जन गरी सरकारी निगरानी र नियन्त्रणमा तोकिएको क्षेत्रमा गाँजा खेतीलाई बैधानिकता दिन ढिलो भएको बताउनुभयो । 

    विरोध खतिवडाले जनताको आँखाका छारो हाल्न केहि दिन गाँजाको कुरा गरेको र मन्त्री बने पनि त्यो एजेण्डालाई बेचेको उहाँको भनाई छ। “म बोलीको पक्का मान्छे हुँ” मैनालीले भन्नु भयो । “मलाई जिताएर पठाउनुस गाँजा बैधानिक हुन्छ। हुन्छ। हुन्छ ”। गाँजा बैध अभियानका सदस्यहरुले मकवानपुरमा रहेका आफ्ना सदस्य र मकवानपुरको विकास चाहाने आम जनतालाई हलोमा मतदान गरेर राजन मैनालीलाई जिताउन आग्रह गरेका छन् ।

    No description available.