बुधबार, कार्तिक १९ गते २०८३
images
images

एमाले एक्लैैंले ६० हजार बढी मत ल्याउँछः नेता बस्नेत

एक्सप्रेस पाना
मंसिर १, २०७९ बिहीबार
  • 185
    SHARES
  • एमाले एक्लैैंले ६० हजार बढी मत ल्याउँछः नेता बस्नेत

    नेकपा एमालेबाट भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले भक्तपुरबाट आफूले कम्तिमा ६० हजार मत ल्याउने बताएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि एमालेको सरकार बन्ने र पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने उनको दाबी छ ।

    images

    निर्वाचन परिचालन कमिटी भक्तपुर क्षेत्र नं १ ले आयोजना गरेको क्षेत्रीय चुनावी सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री बस्नेतले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै जनताले मंसिर ४ गते सूर्यमा भोट दिने र ६ गते रुखमा भोट दिने बताए । प्रधानमन्त्री देउवाले केही समयअघि एक कार्यक्रममा मंसिर ४ मा हुने निर्वाचनलाई मंसिर ६ गते हुने भनी दिएको अभिव्यक्तिबारे बोल्दै उनले प्रधानमन्त्रीलाई निर्वाचनको मिति समेत जानकारी नहुने सुस्त दिमागको भएको उल्लेख गरे ।