काठमाडौँ । सतप्रतिशत मत खसे उक्त मतदान केन्द्रमा फेरि मतदान हुने निर्वाचन आयोगले जनाएको छ । बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेश थपलियाले सतप्रतिशत मत खसेमा सो केन्द्रमा फेरि मतदान हुने बताए ।
उनले अस्वाभाविक मतदान भए पनि सो रद्द गरी फेरि मतदान हुने बताए । उनले बुथ कब्जा गर्ने सोच कसैले नराखे हुने बताए । उनले संवेदनशील केन्द्रमा निगरानी राखिएको समेत बताए । उनले २०६४ देखि अहिलेसम्म घटना भएका ठाउँ निगरानी गरिएको बताए ।
.jpg)


