बुधबार, कार्तिक १९ गते २०८३
images
images

मतगणना पाँच दिनभित्रै सक्छौँ : निवार्चन आयोग

एक्सप्रेस पाना
मंसिर १, २०७९ बिहीबार
  • 212
    SHARES
  • मतगणना पाँच दिनभित्रै सक्छौँ : निवार्चन आयोग

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना पाँच दिनभित्र सक्ने बताएको छ । 

    images

    बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पाँच दिनभित्र मतगणना सकेर मंसिर २२ भित्र राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने बताएका हुन् । 

    ४ मंसिरमा हुने चुनावको मतगणना पाँच दिनभित्रै सक्छौँ । मंसिर २२ गते सबै काम सकेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाउन जान्छौँ, उनले भने । 

    images

    प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदानका दिन बिदा दिन निजी क्षेत्रलाई आह्वान पनि गरेका छन् ।