बुधबार, भाद्र २४ गते २०८३
images

दयाहाङ र आँचलको ‘दुखी आत्मा’ को ट्रेलर सार्वजनिक

एक्सप्रेस पाना
माघ २२, २०८१ मंगलबार
  • 348
    SHARES
  • दयाहाङ र आँचलको ‘दुखी आत्मा’ को ट्रेलर सार्वजनिक

    काठमाडौं । दीपेन्द्र लामा निर्देशित चलचित्र ‘दुखी आत्मा’ को ट्रेलर सार्वजनिक भएको केहि घण्टामा नै युट्युबको ट्रेन्डिङमा परेको छ। 
    सोमबार सार्वजनिक चलचित्रको ट्रेलर ३ घन्टामै युट्युबको ट्रेन्डिङमा उक्लिएको थियो। चलचित्रको कथावस्तु, प्रस्तुति, संवाद र कलाकारहरुको अभिनयलाई दर्शकले मन पराइरहेका छन्।

    images

    चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, दीया मास्के, वुद्दि तामाङ लगायतको अभिनय छ। दीपेन्द्र लामाकै लेखन रहेको फिल्ममा हिमाल कडरियाको लगानी छ। 

    सुदिप ढकाल कार्यकारी निर्माता रहेको चलचित्रले यौन दुर्बलताको कथा भन्छ। यो चलचित्र फागुनको २ गते प्रेम दिवसको अवसरमा रिलिज हुने तयारीमा छ । 

    images

  • सम्बन्धित विषय:

  • # दयाहाङ राई
  • # आँचल शर्मा
  • # ‘दुखी आत्मा’