सोमबार, भाद्र २९ गते २०८३
images

विलविजक भन्दा फरक सामानसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ

एक्सप्रेस पाना
आश्विन २७, २०७९ बिहीबार
  • 269
    SHARES
  • विलविजक भन्दा फरक सामानसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ

    सुनसरी, सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्व पश्चिम लोकमार्गबाट असोज २६ गते सशस्त्र प्रहरीले बरीव ४१ लाख ५४ हजार रुपैयाँ बराबरको ५ सय ४० कार्टुन पेय पदार्थ र सय बोरा मैदा बोकेको  दुई वटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेहरुमा सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका ६ बस्ने ४१ वर्षिय सभापती यादव र सिन्धुली जिल्लाको कमलामाई नगपालिका ५ बस्ने ३८ वर्षिय जितबहादुर थिङ्ग छन् । विराटनगरबाट सप्तरीतर्फ आउँदै गरेको ना ४ ख ७८८३ र बा ५ ख ६९३५ नम्बरको ट्रकमा राखेर ल्याउँदै गरेको उक्त सामानको विलविजकमा उल्लेख भएभन्दा फरक पाईएपछि उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी हरिपुरले पक्राउ गरेको हो ।
    पक्राउ परेका दुवै जनालाई बरामद सामान तथा ट्रकसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।

    विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ
    सिरहा जिल्लाको बरियापट्टि गाउँपालिका ३ स्थित भन्सार ईलाकाबाट असोज २७ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित सोही जिल्लाको सुखिपुर गाउँपालिका ३ बस्ने २८ वर्षिय विरेन्द्र यादवलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका यादवलाई सशस्त्र प्रहरी बल नेपाल वरियापट्टिले जाँच गर्दा उनको साथमा बुप्रेनोथाईजिन १ वटा, हाईड्रोक्लोराईड ३ एम्पुल फेबुप्रेनोर्फिन ३ एम्पुल, डाईजेपाम ३ एम्पुल र रन्टीडाईन इन्जेक्सन १ एम्पुल फेला पारेको हो । पक्राउ परेका यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ  ।

    images

    सशस्त्र प्रहरीद्वारा सालको गोलिया काठ बरामद
    महोत्तरी जिल्लाको गौशाला नगरपालिका १२ स्थित खेतमा अवैध रुपले कटान गरी लुकाई छिपाई राखेको करीव १ लाख ५० हजार रुपैयाँ बराबरको सालको गोलिया काठ सशस्त्र प्रहरीले असोज २६ गते बरामद गरेको छ । उक्त काठ सशस्त्र प्रहरी बल नेपाल हाईवे सुरक्ष पोष्ट लक्ष्मिनियाले
    बरामद गरेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय लक्ष्मिनियामा बुझाईएको छ ।

    बेवारिसे अवस्थामा रहेको चिनी सशस्त्र प्रहरीद्वारा बरामद
    पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका ४ स्थित बडसारे सडककिनाराबाट असोज २६ गते सशस्त्र प्रहरीले करीव १ लाख ५० हजार रुपैयाँ
    बराबरको ६० बोरा चिनी बरामद गरेको छ । वेवारिसे अवस्थामा रहेको उक्त चिनी सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुर र बिओपी भुजहवाले बरामद गरेको हो । बरामद चिनी महेशपुर भन्सार कार्यालयमा बुझाईएको छ ।

    भारतबाट अवैध रुपले ल्याउँदै गरेको औषधीसहित घोडा बरामद : सशस्त्र प्रहरी बल नेपाल बिओपी रामनगरले सप्तरी जिल्लाको बलानविहुल
    गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट असोज २७ गते करीव ५१ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधीसहित घोडा बरामद गरेको छ ।  भारतबाट अवैध रुपले घोडामा राखी ल्याउँदै गरेका व्यक्ति गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै उक्त औषधी तथा घोडा सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद औषधी तथा घोडा भन्सार कार्यालय राजविराजमा बुझाईएको छ ।