आइतबार, भाद्र २८ गते २०८३
images

महालक्ष्मीमा खुल्यो रुचि ब्युटी एकेडेमी, सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने लक्ष्य

एक्सप्रेस पाना
भाद्र २८, २०८३ आइतबार
  • 320
    SHARES
  • महालक्ष्मीमा खुल्यो रुचि ब्युटी एकेडेमी, सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने लक्ष्य

    ललितपुर । महालक्ष्मी नगरपालिकामा रुचि ब्युटी एकेडेमी सञ्चालनमा आएको छ।

    images

    शनिबार आयोजित एक कार्यक्रमबीच नगरप्रमुख हरि गोविन्द श्रेष्ठ र नगर उपप्रमुख लक्ष्मी महर्जनले संयुक्त रूपमा एकेडेमीको उद्घाटन गरेका हुन। उद्घाटन कार्यक्रममा एकेडेमीकी सञ्चालक रूष्मिता भण्डारीले एकेडेमी सञ्चालन गर्नुको उद्देश्य र यहाँबाट प्रदान गरिने सेवा तथा तालिमबारे जानकारी दिइन्। युवाहरू तथा महिलालाई ब्युटीसियनसम्बन्धी सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले एकेडेमी सञ्चालनमा ल्याइएको उनले बताइन्।

    रुचि ब्युटी एकेडेमीमा फेसियल, क्लिनअप, मेकअप, हेयर कटिङ, हेयर स्टाइलिङ, हेयर कलरिङ, हेयर स्पा, आइब्रो तथा थ्रेडिङ, म्यानिक्योर, पेडिक्योर, स्किन केयर र ब्राइडल मेकअपलगायतका विभिन्न सौन्दर्य सेवा उपलब्ध हुनेछन्।

    images

    1b34e2f3-8132-42a8-a47d-f9d9c867906d.jpg

    WhatsApp Image 2026-09-13 at 12.59.31.jpeg

    सौन्दर्य सेवासँगै ब्युटीसियन क्षेत्रमा काम गर्न चाहनेहरूका लागि व्यावसायिक तालिम पनि सञ्चालन गरिने भएको छ। तालिममा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप सिकाइनेछ। यसबाट प्रशिक्षार्थीले आफैं व्यवसाय सञ्चालन गर्न वा रोजगारीका अवसर खोज्न सहज हुने अपेक्षा गरिएको छ।

    सीटीईभीटी सीप परीक्षणको तयारी कक्षा

    एकेडेमीले ब्युटीसियन क्षेत्रमा सीप परीक्षण दिन चाहनेहरूका लागि सीटीईभीटी सीप परीक्षण तयारी कक्षा समेत सञ्चालन गर्ने भएको छ। परीक्षाका लागि आवश्यक ज्ञान, सीप र व्यावहारिक अभ्यास गराएर प्रशिक्षार्थीलाई तयारी गराइने सञ्चालक भण्डारीले बताइन्।

    त्यस्तै, वैदेशिक रोजगारीमा जान चाहने युवाहरूलाई लक्षित गरेर विशेष ब्युटीसियन तालिम पनि सञ्चालन गरिने भएको छ। विदेशमा काम गर्न आवश्यक पर्ने व्यावहारिक सीप, कार्यदक्षता तथा ब्युटीसियनसम्बन्धी ज्ञानमा केन्द्रित भएर तालिम दिइने उनले जानकारी दिइन्।

    कार्यक्रममा बोल्दै नगरप्रमुख हरि गोविन्द श्रेष्ठले युवाहरूलाई सीप सिकाएर रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्न यस्ता संस्थाको भूमिका महत्वपूर्ण हुने बताए। स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्न र वैदेशिक रोजगारीमा जाने युवालाई आवश्यक सीप प्रदान गर्न एकेडेमीले योगदान पुर्‍याउने उनले विश्वास व्यक्त गरे।

    नगर उपप्रमुख लक्ष्मी महर्जनले विशेषगरी महिला तथा युवालाई सीप सिकाएर आत्मनिर्भर र उद्यमशील बनाउन यस्ता संस्थाले महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले एकेडेमीलाई गुणस्तरीय र व्यावहारिक तालिममा ध्यान दिन आग्रह गर्दै सफलताको शुभकामना दिइन्।

    सञ्चालक रूष्मिता भण्डारीले आगामी दिनमा रुचि ब्युटी एकेडेमीलाई गुणस्तरीय सौन्दर्य सेवा तथा व्यावसायिक तालिमको भरपर्दो केन्द्रका रूपमा विकास गर्ने बताइन्। सीटीईभीटी सीप परीक्षण तयारी कक्षा तथा वैदेशिक रोजगारीका लागि आवश्यक विशेष तालिमलाई पनि प्रभावकारी रूपमा अघि बढाउने उनले प्रतिबद्धता जनाइन्।

    उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, प्रशिक्षक, प्रशिक्षार्थी, व्यवसायी तथा स्थानीयवासीको उपस्थिति थियो। सहभागीले रुचि ब्युटी एकेडेमीले युवाहरू र महिलालाई सीप सिकाएर रोजगारी, स्वरोजगार तथा वैदेशिक रोजगारीका लागि दक्ष बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।

  • सम्बन्धित विषय:

  • # रुचि ब्युटी एकेडेमी