बुधबार, कार्तिक १९ गते २०८३
images
images

सिन्धुपाल्चोकमा निर्वाचनको तयारी पुरा

एक्सप्रेस पाना
मंसिर ३, २०७९ शनिबार
  • 215
    SHARES
  • सिन्धुपाल्चोकमा निर्वाचनको तयारी पुरा

    मंसिर ४ गते आइताबार हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारी पुरा भएकोे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । निर्वाचन सपन्न गर्न सिन्धुपाल्चोकमा ७ हजार २ सय ५० जनशक्ति खटिएका छन् । सिन्धुपाल्चोकको क्षेत्र नं १ मा १ हजार तीन सय ११ र क्षेत्र नं २ मा १ हजार दुई सय ४८ साथै अस्थाई केन्द्रमा ३ गरेर जम्मा २५ सय ६२ जना कर्मचारीहरु चुनावका लागि खटिएका छन् । 

    images

    एक गते नै सबै मतदान केन्द्रमा कर्मचारीहरुको टोली पुगिसकेको   मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश विदुर कोइरालाले बताउनुभयो ।  उनिहरुले सर्वदलिय बैठक बसेर निर्वाचनसंग सम्वन्धित तयारीका कामहरु परा गरीसकेका छन् ।  

    आज मतदान केन्द्र निर्माणको कार्य भईरहेको छ । तोकिएको समयमा भोलि ठिक ७ बजे मतदान प्रक्रिया सुरु हुने मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिनुभयो । मतगणनाका लागि गणनास्थल समेत तयार भएको छ । क्षेत्र नं १ को चौतारा नगरपालिकाको हलमा र क्षेत्र नं २ को समन्वय समितिको हल चौतारामा मतगणनाका लागि स्थल तयार पारिएको हो । भोलि बेलुका नै मतपेटिका ढुवानी हुने र सोमबार सर्वदलिय बैठक बसेर गणना सुरु गर्ने कोईरालाले बताउनुभयो । 

    images