नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले अग्रता कायम गर्नुभएको छ ।
अहिलेसम्म ७ हजार ५ सय ७० मतगणना हुँदा मैनालीले ३ हजार ९३ मत ल्याउनुभएको छ । यस्तै नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हितबहादुर तामाङले ३ हजार ६६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. पद्युम्न महतले ८ सय ९७ मत गर्नुभएको छ ।
यस्तै क्षेत्र नम्बर २ मा ५ हजार ६ सय ८२ मतगणना हुँदा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसीले २ हजार ९ सय ९६ मत ल्याउनुभएको छ । यस्तै एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले १ हजार ४ सय १ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डेले ९ सय ८५ मत प्राप्त गर्नुभएको छ ।
.jpg)


