बुधबार, कार्तिक १९ गते २०८३
images
images

काठमाडौँ-५ मा अग्रता बढाउदै प्रदिप पौडेल

एक्सप्रेस पाना
मंसिर ६, २०७९ मंगलबार
  • 210
    SHARES
  • काठमाडौँ-५ मा अग्रता बढाउदै प्रदिप पौडेल

    काठमाडौँ-५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदिप पौडेलले अग्रता बढाउदै लगेका छन् । मत गणनाको पछिल्लो अपडेट अनुसार पौडेलले ११ हजार ६०० मत प्राप्त गरेका छन् ।

    images

    त्यस्तै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ७ हजार ९८१ मत हासिल गरेका छन् । 

    अहिलेसम्मको अपडेट अनुसार पौडेल पोखरेल भन्दा ३६१९ मतले अगाडी रहेका छन् ।

    images

    त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका डा. प्रणय शमशेर राणाले २५९३ मत प्राप्त गरेका छन् भने राप्रपाका रामप्रसाद उप्रेतीले १५०४ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार श्रीराम गुरुङले १३१६ मत प्राप्त गरेका छन् ।