चितवन-२ मा रवि लामिछानेले अग्रता बढाउदै गएका छन् ।
मत गणनाको पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ५७९८ मत प्राप्त गरेर पहिलो स्थानमा रहेका छन् ।
त्यस्तै यसअघि लगातार अगाडी रहेका नेकपा एमालेका एमालेका कृष्णभक्त पोखरेलले ४३९३ मत प्राप्त गरेका छन् । अहिले रवि पोखरेलभन्दा १४०५ मतले अगाडी रहेका छन् ।
त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ३८५३ मत प्राप्त गरेका छन् ।
.jpg)


