डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लगातार अग्रता बनाइरहेका छन् ।
मत गणनाको पछिल्लो अपडेट अनुसार देउवाले ११ हजार ५५४ मत प्राप्त गरेका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले ६१०५ मत प्राप्त गरेका छन् । अहिलेसम्म देउवाले सागरले भन्दा ४५५१ मत बढी हासिल गरेका छन् ।
यसैगरी, नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले ३२९५ मत प्राप्त गरेका छन् ।
.jpg)


