नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभामा खाता खोलेको छ । अछाम-१ बाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार बनेका शेरबहादुर कुँवर विजयी बनेका छन् ।
कुँवरले १९ हजार ५३४ मत प्राप्त गरेर जित हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका झपट बोहोराले १५ हजार ४५ मत प्राप्त गरेका छन् । कुँवरले ४ हजार ४८९ मत अन्तरले जित हासिल गरेका छन् ।
यो क्षेत्र नेकपा एमालेका नेता भीम रावलको क्षेत्र हो । यस क्षेत्रमा एमालेले भीम रावललाई उम्मेदवार नबनाएर झपट रावललाई उम्मेदवार बनाएको थियो । यसअघि एमालेबाट भीम रावल विजयी हुदै आएका थिए ।
.jpg)


