चितवन क्षेत्र नम्बर २ मा मत गणना सुरु भएपछि लामो समयसम्म पछाडि रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेले पछिल्लो समय अग्रता कायम राखेका छन् ।
उनले पछिल्लो समय आफ्नो मतान्तर पनि बढाएका छन् ।
लामिछानेले पछिल्लो मत परिणामअनुसार ९०७८ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका कृष्णभक्त पोखरेलले ५१८२ मत ल्याएका छन् । तेस्रोमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले ४९७८ मत ल्याएका छन् ।
.jpg)


