बुधबार, कार्तिक १९ गते २०८३
images
images

गगनमाथि दीपशिखाको आरोप- 'घण्टीसँग मिलेर हामीलाई मज्जाले हराउनुभयो'

एक्सप्रेस पाना
मंसिर ७, २०७९ बुधबार
  • 152
    SHARES
  • गगनमाथि दीपशिखाको आरोप- 'घण्टीसँग मिलेर हामीलाई मज्जाले हराउनुभयो'

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ कांग्रेस महामन्त्री गगनकुमार थापामाथि संगीन आरोप लगाएका छन् ।

    images

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रको नतिजा नाजुक आइरहेका बेला दीपशिखा थापाविरुद्ध उभिएका हुन् । थापाले घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) सँगको साझेदारीमा गठबन्धनलाई हराएको उनको आरोप छ ।

    थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईको पुस्तक विमोचनमा ‘म कालो कांग्रेस हुँ’ भनेको स्मरण गर्दै दीपशिखाले भनेका छन्, ‘हो रहेछ, तपाईं र तपाईंको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीलाई मज्जाले हराउनुभयो । तपाईंलाई आगामी यात्राको शुभकामना ।’

    images

    उनले आफूहरू जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्वीकार गर्ने बताएका छन् ।