बुधबार, कार्तिक १९ गते २०८३
images
images

रामकुमारीले दिइन् गोकर्णलाई बधाई

एक्सप्रेस पाना
मंसिर ७, २०७९ बुधबार
  • 177
    SHARES
  • रामकुमारीले दिइन् गोकर्णलाई बधाई

    गुल्मी-२ बाट उम्मेदवार रहेकी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले प्रतिस्पर्धी उम्मेदवार गोकर्ण विष्टलाई बधाई दिएकी छन् ।

    images

    गुल्मी-२ को मतपरिणाम अन्तिम घोषणा हुनुअघि नै उनले एमालेका सचिव एवं उम्मेदवार विष्टलाई जितको बधाई दिएकी हुन् ।

    अन्तिम मतपरिणामअनुसार, गोकर्णले २८ हजार ४७६ मत पाएका छन भने रामकुमारीले २६ हजार ४४२ मत पाएकी छिन् । उनीहरू २ हजार ३४ को मतारन्तरले जित–हार भएको छ ।

    images

    ‘यो निर्वाचनमा विजयी मेरो आदारयिण दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना । गुल्मी जिल्लाको समग्र विकाश र समृद्धीको यात्रामा म सधै साथमा रहनेछु’, रामकुमारीले भनेकी छिन् ।