बुधबार, कार्तिक १९ गते २०८३
images
images

एमाले सचिव योगेश भट्टराई विजयी

एक्सप्रेस पाना
मंसिर ७, २०७९ बुधबार
  • 213
    SHARES
  • एमाले सचिव योगेश भट्टराई विजयी

    नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट विजयी हुनुभएको छ ।

    images

    साझा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीलाई हराउँदै भट्टराई विजयी हुनुभएको हो ।

    भट्टराईले २१९४३ मत पाउँदा बुडाक्षेत्रीले २१७३५ मत पाउनुभयो ।

    images

    भट्टराई २०७४ सालमा पनि ताप्लेजुङबाट निर्वाचित हुनुभएको थियो ।

    ताप्लेजुङमा मतगणना सुरु भएदेखि नै निरन्तर अग्रता लिइरहेका गठबन्धनका उम्मेदवार बुडाक्षेत्रीलाई अन्तिम ६ हजार मत गणनामा हराउँदै भट्टराईले जीत निकाल्नुभएको हो ।