बुधबार, कार्तिक १९ गते २०८३
images
images

बागलुङ १ बाट चित्रबहादुर केसी निर्वाचित

एक्सप्रेस पाना
मंसिर ७, २०७९ बुधबार
  • 199
    SHARES
  • बागलुङ १ बाट चित्रबहादुर केसी निर्वाचित

    बागलुङ प्रतिनिधि सभा सदस्य क्षेत्र नं १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

    images

    अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले २१ हजार ४ सय ४८ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुर्य पाठकले १८ हजार ९ सय १३ मत ल्याउनुभएको छ ।

    दुई प्रतिनिधि सभा सदस्य र चार प्रदेश सभा सदस्य क्षेत्र रहेको बागलुङमा प्रदेश सभा सदस्यमा चार जना नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । बागलुङको क्षेत्र न २ मा मतगणना जारी छ ।

    images