कञ्चनपुर- ३ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका रमेश लेखक विजयी भएका छन् ।
लेखकले एमालेकी उम्मेदवार निरुदेवी पाललाई १२ हजार ७७ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।
लेखकले ३० हजार ५२३ मत प्राप्त गरे भने एमालेकी पालले १८ हजार ४४८ मत प्राप्त गरेकी छन् ।
कञ्चनपुर- ३ मा ९७ हजार ८२२ मतदाता रहेकोमा कुल ५७ हजार ७५८ मत खसेको थियो, जसमध्ये ३ हजार ६९९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
.jpg)


