बुधबार, कार्तिक १९ गते २०८३
images
images

रौतहट -३(क) प्रदेशसभा सदस्यमा प्रभु साह प्यानलको चौधरी निर्वाचित

एक्सप्रेस पाना
मंसिर ८, २०७९ बिहीबार
  • 145
    SHARES
  • रौतहट -३(क) प्रदेशसभा सदस्यमा प्रभु साह प्यानलको चौधरी निर्वाचित

    गौर । रौतहट क्षेत्र नम्बर ३(क) बाट स्वतन्त्र उम्मेदवार केशव राय चौधरी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

    images

    प्रभु साहको प्यानलबाट स्वतन्त्र उम्मेदवारी दिएका चौधरीले एमाले-जसपा गठबन्धनको तर्फबाट जसपाकी उम्मेदवार पुजा चौधरीलाई २ हजार १२३ मतले पराजित गरेका हुन् । यस क्षेत्रको अन्तिम मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार चौधरीले १२ हजार २५५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जसपाकी पुजा चौधरीले १० हजार १३२ मत हासिल गरेकि छिन् । मधेश प्रदेशको वन राज्यमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार ७ हजार ६२२ मतका साथ तेस्रो भएका छन् । 

    ४४ वर्षीय चौधरी ईन्जिनियर हुन् । उनी गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा गुजरा नगरपालिकाको मेयर पदमा ३४४ मतको झिनो अन्तरले पराजित भएका थिए । नेकपा एमालेले जसपासंग गठबन्धन गरेपछि तत्कालीन स्थायी कमिटी सदस्यले एमालेको टिकट छाडेर स्वतन्त्र सांसद उम्मेदवारी दिएपछि चौधरीले पनि साहलाई साथ दिदै स्वतन्त्र प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका थिए ।

    images