बुधबार, कार्तिक १९ गते २०८३
images
images

टोपबहादुरसँग पुष्पा भुसाल हारेपछि कांग्रेस नेताले दिए राजीनामा

एक्सप्रेस पाना
मंसिर ८, २०७९ बिहीबार
  • 188
    SHARES
  • टोपबहादुरसँग पुष्पा भुसाल हारेपछि कांग्रेस नेताले दिए राजीनामा

    नेपाली कांग्रेस अर्घाखाँचीका नेता इन्द्रमणि पौडेलले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस तथा पाँचदलीय गठबन्धन पराजय भएपछि उनले बिहीबार नैतिकताको आधारमा राजीनामा दिएका हुन् ।

    images

    उनले पार्टीमा देखिएको अराजकता, असहिष्णु व्यवहारका कारण अर्घाखाँचीमा सत्तागठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पा भुसालसहित प्रदेशका दुवै सिट गुमेकाले पदमा बस्न नैतिकताका आधारमा नमिल्ने भन्दै उनले जिल्ला कार्यसमितिबाट राजीनामा दिएका हुन् । उनले आगामी दिनमा कांग्रेसभित्रै रहेर राजनीति गर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।