खोटाङमा नेकपा माओवादी केन्द्रका रामकुमार राई 'पासाङ' निर्वाचित भएका छन् । राई ३१ हजार ३५१ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विशाल भट्टराईले २८ हजार ६८५ मत पाएका छन्।
पहिलो संविधानसभा निर्वाचनमा खोटाङमा माओवादी केन्द्रले विजय गरेको थियो । राई २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा खोटाङ- १ बाट निर्वाचित भएका थिए ।
२०७० र ०७४ मा लगातार दुई कार्यकाल जितेको एमालेले यसपटक आफ्नो किल्ला गुमाएको छ। दुई कार्यकाल नै भट्टराईले जितेका हुन् । भट्टराई यसपटक जितमा ह्याट्रिक गर्ने तयारीमा थिए ।
.jpg)


