काठमाडौँ । समानुपातिकतर्फ नेकपा एमाले शिर्ष स्थानमा रहेको छ ।
निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो अपडेट अनुसार एमालेले समानुपातिकमा अहिलेसम्म ९ लाख ११ हजार २९० मत प्राप्त गर्दै शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै नेपाली कांग्रेसले ८ लाख ७६ हजार ४८१ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ ।
पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ अहिलेसम्म ४ लाख ३९ हजार ५३८ मत प्राप्त गरेर तेस्रो स्थानमा छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्रले ४ लाख ८ हजार १०२ मत प्राप्त गर्दै चौथो स्थानमा रहेको छ ।
त्यस्तै राप्रपाले समानुपातिक तर्फ अहिलेसम्म २ लाख ३७ हजार ५२४ मत प्राप्त गरेको छ भने जसपाले एक लाख १५ हजार ६५२ मत प्राप्त गरेको छ ।
त्यसैगरी जनमत पार्टीले ६९ हजार ४९५ मत प्राप्त गरेको छ भने एकीकृत समाजवादीले ६३ हजार १५९ मत प्राप्त गरेकोछ ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ६१ हजार ८०९ मत प्राप्त गरेको छ भने नेपाल मजदुर किसान पार्टीले ५६ हजार २३८ मत प्राप्त गरेको निर्वाचन आयोगले जानकारी गराएको छ ।
त्यस्तै लोसपाले ५१ हजार ६६१, हाम्रो नेपाली पार्टीले ३० हजार २२४, राष्ट्रिय जनमोर्चाले २२ हजार ७५४ मत प्राप्त गरेको छ ।
.jpg)


