काठमाडौं । गुल्मी -१ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन् ।
एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन् ।
यो क्षेत्रमा २०७४ मा ज्ञवाली निर्वाचित भएका थिए । निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन बाँकी छ ।