बुधबार, कार्तिक १९ गते २०८३
images
images

रवि लामिछानेविरुद्ध गृह मन्त्रालयमा उजुरी, अब के होला ?

एक्सप्रेस पाना
मंसिर ९, २०७९ शुक्रबार
  • 234
    SHARES
  • रवि लामिछानेविरुद्ध गृह मन्त्रालयमा उजुरी, अब के होला ?

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध गृह मन्त्रालयमा उजुरी परेको छ । आफूलाई समाजवादी केन्द्र नेपालको सर्वोच्च नेता बताउने युवराज सफलले चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद लामिछानेले नेपाली नागरिकता पुनर्प्राप्तिको कानुनी प्रकृयासमेत पूरा नगरी निर्वाचन आयोगमा दल दर्ता गरेको र प्रतिनिधिसभाको उम्मेदवारसमेत भएको भन्दै मन्त्रालयमा गरेको उजुरी मंसिर ९ गते दर्ता भएको प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका छन् । 

    images

    गृह मन्त्रालयको गुनासो व्यवस्थापन शाखामा गरेको उजुरीको दर्ता नं. १९१ रहेको र सो शाखाबाट च.नं. १५७ रही नागरिकता तथा राष्ट्रिय परिचयपत्र शाखामा गएर आवश्यक कारबाही अगाडि बढेको उनले जनाएका छन् ।