बुधबार, कार्तिक १९ गते २०८३
images
images

विजयपछि गोकुलले भने: देशको बेरोजगारी समस्या समाधानमा काम गर्छु

एक्सप्रेस पाना
मंसिर ९, २०७९ शुक्रबार
  • 243
    SHARES
  • विजयपछि गोकुलले भने: देशको बेरोजगारी समस्या समाधानमा काम गर्छु

    काभ्रे २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले देशको बेरोजगारीको अवस्थालाई हटाउन पहल गर्ने बताएका छन्। विजय भएपछि उनले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो प्रतिबद्धता जनाए।

    images

    ‘नेपालमा जुन हिसाबले बेरोजगारको समस्या बढेको छ,त्यसलाई समाधान गरेर आम युवा पंक्तिलाई राष्ट्र निर्माणमा,राष्ट्रिय उत्पादकत्व वृद्धिमा योगदान गर्न हाम्रो तर्फबाट कोसिस गर्नेछौँ, हाम्रो मूल्यमान्यता,राष्ट्रिय एकतालाई उचाइको रूपमा लाने अभिभारा काँधमा आएको छ,’उनले भने।

    उनले सबै मतदाता र प्रतिस्पर्धा गर्ने उम्मेदवारहरूलाई धन्यवाद प्रकट गरे। अनेकौं घेराबन्दीमा पनि चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ। ‘पराजय पनि ब्यहोरेका छौँ,घेराबन्दी छिचोलेका छौँ तर सबै ठाउँमा सकेनौँ,तै पनि गठबन्धनप्रति म आपत्ति जनाउन सक्दिनँ,’उनले भने।

    images

    उनले ७० करोड भ्रष्टाचारको आरोपको विषयमा यो सत्य-तथ्य नभएको र जनताहरुले समेत जिताएर सत्य नभएको भनी फैसला गरेको उनले बताए। बास्कोटाले नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई  ५ हजार ९ सय १७ मतान्तरले पछि पार्दै विजय भएका हुन्।

    बाँस्कोटाको पक्षमा ४५ हजार ३४५ मत आउँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका हुमागाईंको पक्षमा  ३९ हजार ४२८ मत परेको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५ सय ८६ मत प्राप्त गरेका छन्।