सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली काङ्ग्रेसका नेता मोहन बहादुर बस्नेतले जेठ नलाग्दै मेलम्चीमा पुल निर्माण गर्ने घोषणा गर्नुभएको छ । उहाँले सिन्धुपाल्चोक विकास गर्ने जिम्मा आफ्नो लगायत गठबन्धनको काँधमा आएको भन्दै आजैबाट योजना बद्द रूपमा विकासको काम खट्ने बताउनुभयो ।
मेलम्चीमा आयोजित मतदातालाई धन्यवाद तथा बिजय र्यालिलाइ सम्बोधन गर्दै बस्नेतले जनतलाइ विकास भनेको यस्तो रहेछ भएर अनुभुती हुनेगरि काम गर्ने बताउनुभयो । कार्यक्रमा सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेशसभा क बाट निर्वाचित नेकपा माओवादी केन्द्रका नेता युवराज दुलाल शरद,प्रदेश सभा ख बाट निर्वाचित कृष्ण कुमार तामाङ समिर लगायतले मतदातालाई धन्यवाद ब्यक्त गर्दै जिम्मेवार बोधभएर विकासको काममा लाग्ने बताउनुभयो ।
.jpg)

