काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।
निर्वाचनपछि देउवा र प्रचण्डबीच पहिलो पटक भेटवार्ता भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार १० बजे भएको भेटवार्तामा निर्वाचनको परिणाम र भावी रणनितीका विषयमा छलफल भएको बुझिएको छ ।
सत्तारुढ गठबन्धन बहुमतको नजिक रहेको अवस्थामा अब कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भएको स्रोतले बताएको छ ।
यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई टेलिफोन गरेर मिल्ने प्रस्ताव गरेपछि माओवादी केन्द्र गठबन्धनमा रहन्छ या रहदैन भन्ने कौतुहलता रहेको छ ।
.jpg)


