गृहमन्त्री बालकृष्ण खाण प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका छन्। रूपन्देही क्षेत्र नं. ३ मा नेपाली कांग्रेसबाट सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका खाण राप्रपाका दीपक बोहरासँग पराजित भएका हुन्। बोहरालाई नेकपा एमाले र जसपाको समर्थन थियो।
मतगणना सकिन बाँकी छँदै बोहराको जित सुनिश्चित भएको हो। पर्दाफासलाई प्राप्त विवरणअनुसार २ हजार ८ सय मत गन्न बाँकी रहँदा बोहरा खाणभन्दा २ हजार ९ सय मतले अगाडि छन्। गन्न बाँकी सबै मत खाणले पाउँदा पनि उनको हार निश्चित भएको हो।
.jpg)

