बुधबार, कार्तिक १९ गते २०८३
images
images

समानुपातिकतर्फ एकीकृत समाजवादीको भोट बढेपछि ओली सशंकित

एक्सप्रेस पाना
मंसिर १०, २०७९ शनिबार
  • 213
    SHARES
  • समानुपातिकतर्फ एकीकृत समाजवादीको भोट बढेपछि ओली सशंकित

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकतर्फको मतगणनाप्रति आशंका गरेका छन् ।

    images

    सामाजिक सञ्जालमार्फत ओलीले पछिल्लो समय केहि पार्टीका मतमा भएको वृद्धि अस्वाभाविक भएको भन्दै आशंका व्यक्त गरेका हुन्।

    ओलीले एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य पनि हुनसक्ने बताएका छन् ।

    images

    समानुपातिकतर्फ एकीकृत समाजवादी ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्ने तर्फ अगाडी बढेपछि ओलीले यस्तो आशंका व्यक्त गरेका हुन् । 

    उनले भनेका छन्-
    समानुपातिक मतगणना भइरहेको छ। सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ। एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य पनि हुनसक्छ।  जिल्ला जिल्लामा मतगणनामा रहनु भएका साथीहरू चनाखो रहनुहोस् । मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु ।