बुधबार, कार्तिक १९ गते २०८३
images
images

रामेछापमा गठबन्धनको ‘क्लिनस्विप’

एक्सप्रेस पाना
मंसिर ११, २०७९ आइतबार
  • 269
    SHARES
  • रामेछापमा गठबन्धनको ‘क्लिनस्विप’

    एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रामेछाप जिल्लामा गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका छन् । 

    images

    प्रतिनिधिसभा सदस्यतर्फ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम)ले ४७ हजार ९८ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेलले ३० हजार ७ सय २९ मत प्राप्त गर्नुभएको छ भने राप्रपाका लाल बहादुर घिसिङले १ हजार ४ सय ८४ मत प्राप्त गरि तेस्रो स्थानमा रहनु भएको छ । 

    यसैगरी प्रदेशसभाका दुवै क्षेत्रमा पनि गठबन्धनका उम्मेदवारहरू विजयी हुनुभएको छ । क्षेत्र नं (१) मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका तारानारायण श्रेष्ठले १७ हजार १ सय ४८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शान्ति प्रसाद पौडेलले १५ हजार १५७ मत प्राप्त गर्नुभएको छ । यसैगरी राप्रपाका हिक्मतबहादुर सुनुवार ३, हजार ४ सय ९५ मत प्राप्त गरी तेस्रो हुनुभएको छ । 

    images

    प्रदेशसभा २ मा पनि गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका युवराज चौलागाईंले २२ हजार ९ सय ७९ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मिलन कुमार घिसिङले १८ हजार २ सय ५ मत प्राप्त गर्नुभएको छ ।

    त्यसैगरी राप्रपाका भरतसिंह वाइबाले २ हजार ७७ मत प्राप्त गर्नुभएको जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थली, रामेछापले जनाएको छ।