बुधबार, कार्तिक १९ गते २०८३
images
images

दोलखाका ८ वटा केन्द्रमा पुनः मतदान हुने

एक्सप्रेस पाना
मंसिर ११, २०७९ आइतबार
  • 176
    SHARES
  • दोलखाका ८ वटा केन्द्रमा पुनः मतदान हुने

    दोलखाको ८ वटा मतदान केन्द्रमा भएको मतदानको जाँचबुझ गर्न गठित समितिले पुन: मतदान गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

    images

    दोलखाको बैतेश्वर, तामाकोसी, सैलुङ र मेलुङका ८ वटा केन्द्रमा निर्वाचन स्वच्छ र निष्पक्ष नभएको निष्कर्षसहित पुन: मतदान गर्न समितिले सिफारिस गरेको छ । मतदान केन्द्र अनधिकृत कब्जा गर्दा स्वतन्त्र र निष्पक्ष मतदान नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ । राजनीतिक दल जिम्मेवार नभएको समितिको निचोड छ  । 

    सहसचिव यज्ञप्रसाद भट्टराई नेतृत्वको समिति जाँचबुझका लागि दोलखा गएको थियो । समितिले निर्वाचन अधिकृत, राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकाय र मतदातासँग छलफल गरेर टोलीले प्रतिवेदन तयार पारेको हो । आयोग स्रोतका अनुसार पुनः मतदान गर्ने विषयमा निर्णय गर्न आयोगको बैठक बसिरहेको छ ।

    images