बुधबार, कार्तिक १९ गते २०८३
images
images

माओवादी र एकीकृत समाजवादीबीच केही दिनमै एकता हुनसक्ने

एक्सप्रेस पाना
मंसिर ११, २०७९ आइतबार
  • 3.0K
    SHARES
  • माओवादी र एकीकृत समाजवादीबीच केही दिनमै एकता हुनसक्ने

    नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच छिट्टै एकता हुने भएको छ । माओवादी स्रोतका अनुसार दुई दलका शीर्ष नेताहरुबीच एकताका लागि शनिबार छलफल भएको हो । एकता केही दिनमै हुनसक्ने पनि स्रोतले जनाएको छ । 

    images

    यसबारे माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि यसलाई पुष्टि गरेका छन् । गुरुङले एकताका लागि भएको औपचारिक छलफल नभए पनि एकीकृत समाजवादीसँग एकता गर्न माओवादी केन्द्र सदैव तयार रहेको बताए । ‘औपचारिक रुपमा छलफल नभए पनि अनौपचारिक रुपमा यो आन्दोलनमा सहयात्री भएकाले अन्तरकुन्तर चलिरहन्छ,’ महासचिव गुरुङले भने, ‘एकीकृत समाजवादीसँग एकताको कुरा त पहिलेदेखि हुँदै आएको हाे । उहाँहरुले जतिबेला एकता चाहनुभयो त्यतिबेलै हुन्छ ।’

    माओवादी र एकीकृत समाजवादीका नेताबीच पार्टी एकताको सन्दर्भमा स्थानीय निर्वाचनपछि नै छलफल भएको थियो ।

    images