बुधबार, कार्तिक १९ गते २०८३
images
images

कुनै पनि दलको बहुमत नआउनु मुलुकका लागि दुर्भाग्यपूर्ण : विष्णु पौडेल

एक्सप्रेस पाना
मंसिर १२, २०७९ सोमबार
  • 198
    SHARES
  • कुनै पनि दलको बहुमत नआउनु मुलुकका लागि दुर्भाग्यपूर्ण : विष्णु पौडेल

    बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनमा कुनै पनि दललाई बहुमत प्राप्त नहुनु मुलुकका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

    images

    प्रतिनिधिसभामा निर्वाचित भएपछि बुटवलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगर्नु मुलुकका लागि दुर्भाग्यपूर्ण भएको भन्दै अब कुनै न कुनै रुपमा अंक गणितको खेल हुने र मुलुक अस्थिरतातर्फ जान सक्छ खतरा बढेको टिप्पणी गरेका छन् ।

    उनले भने- ‘कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगर्नु मुलुकका लागि दुर्भाग्य पूर्ण कुरा हो । कुनै न कुनै रुपमा अंक गणितको खेल हुने र मुलुक अस्थिरता तर्फ जान सक्छ खतरा बढेको छ ।'

    images

    नेता पौडेलले एमालेले स्पष्ट बहुमत प्राप्त गर्न नसकेको बताउदै मुलुकको नेतृत्वका लागि एमाले तयार रहेको बताए ।

    पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि बढाउने उल्लेख गर्दै उनले मुलुकलाई स्थिर राजनीति प्रदान गर्नका लागि एमालेको भूमिका रहने बताए । पौडेलले रुपन्देही-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले दिएको कडा चुनौतीका बिच जित हासिल गरेका छन् ।