बुधबार, कार्तिक १९ गते २०८३
images
images

मेयर बालेन्द्र शाहद्वारा प्रधानमन्त्री देउवासँग सुकुम्बासी बस्तीको समस्या बारे छलफल

एक्सप्रेस पाना
मंसिर १३, २०७९ मंगलबार
  • 242
    SHARES
  • मेयर बालेन्द्र शाहद्वारा प्रधानमन्त्री देउवासँग सुकुम्बासी बस्तीको समस्या बारे छलफल

    काठमाण्डौ महानगरपालिकाले बाग्मती नदी किनारमा रहेका अवैध संरचना तथा बस्ती हटाउनेबारे थप छलफल र तयारीलाई अगाडि बढाउने भएको छ । महानगरका मेयर बालेन्द्र शाहले आवश्यक छलफल थालेका छन् ।

    images

    हिजोको अवस्थापछि बेलुका मेयर शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यसबारेमा छलफल समेत गरेका छन् । हिजो थापाथली बस्तीमा महानगर तथा अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले संरचना हटाउन खोजेपछि तनाव भएको थियो ।

    महानगरको नगर प्रहरी र डोजरले बस्ती हटाउन खोजेपछि सुकुम्बासीले  घरेलु  हतियारसहित  ढुङ्गामुढा  समेत गरेका थिए । सुकुम्बासी बाग्मती बस्तीका बासिन्दा रातभर पनि जाग्राम बसेका छन् । यसअघि बाग्मती सभ्यता एकीकृत विकास समितिले बाग्मती सुकुम्बासी बस्ती हटाउन कात्तिक २४ गते सूचना निकालेको थियो ।

    images

    तोकिएको समय १० दिनभित्र स्थानीयले अवैध संरचना नहटाएपछि महानगर प्रहरी डोजरसहित सुकुम्बासी  बस्तीमा  पुगेको थियो । महानगरका सह–प्रवक्ता महेशकुमार काफ्लेका अनुसार महानगरकाे नीति अनुसार नै अगाडि बढ्ने र यसबारेमा आज थप छलफल गर्ने तयारी छ ।