बुधबार, कार्तिक १९ गते २०८३
images
images

महानगर कार्यालयमा सुकुम्बासीको प्रदर्शन

एक्सप्रेस पाना
मंसिर १३, २०७९ मंगलबार
  • 195
    SHARES
  • महानगर कार्यालयमा सुकुम्बासीको प्रदर्शन

    काठमाडौंको थापाथलीका सुकुम्बासीहरु काठमाडौं महानगरपालिकाको कार्यालयमा प्रदर्शन गरेका छन् ।

    images

    डोजर आतंक बन्द गर भन्दै महानगरमा पुगेर सुकुम्बासीहरुले  कार्यालयमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले बालेन शाह राजिनामा दे, उचित विकल्पसहित ब्यवस्थापन गर जस्ता नारा लगाएका छन् ।

    उनीहरुले सुकुम्बासीको उचित व्यवस्थापन गर्न माग गरेका छन् । अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिले पटक पटक सुकुम्बासी बस्ती खाली गर्न सूचना जारी गरेकाे थियाे ।

    images

    तर उनीहरुले अटेर गर्दै आएपछि महानगरले  समितिकाे समन्वयमा हिजो डोजर लिएर सुकुम्बासी बस्ती खाली गराउन पुगेको थियो । सुकुम्वासी बस्तीमा महानगरले डोजर चलाएपछि अवस्था तनावग्रस्त बनेको थियाे । दुई पक्षबीच झडप हुँदा महानगरका १५ जना भन्दा बढी घाइते भएका थिए ।