बुधबार, कार्तिक १९ गते २०८३
images
images

इलाममा पुनःमतदानको लागि कानुनी बाटो बारे छलफल भएको छ- माधव नेपाल

एक्सप्रेस पाना
मंसिर १३, २०७९ मंगलबार
  • 183
    SHARES
  • इलाममा पुनःमतदानको लागि कानुनी बाटो बारे छलफल भएको छ- माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले इलाम क्षेत्र नम्बर १ मा पुनः  मतदानको मागसहित कानुनी उपचार खोज्ने भएको छ ।

    images

    एमालेका उम्मेदवार महेश बस्नेतसँग एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल पराजित हुने गरी आएको नतिजालाई अस्वीकार गर्दै पुनः मतदानको मागसहित सो पार्टीले कानुनी उपचार खोज्ने भएको हो । 

    गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक अन्तिम चरणमा रहेका बेला मंगलबार पार्टी मुख्यालयमा एकीकृत समाजवादीको सचिवालय बैठक बसेको थियो । 

    images

    बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले बैठकमा इलाममा पुनः मतदानको लागि कानुनी बाटोमा जानेबारेमा छलफल भएको जानकारी दिएका हुन् । 

    नेता खनालले चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका बेला पार्टीभित्र पनि पुनः निर्वाचनको माग गर्दै कानुनी उपचार खोज्ने विषयमा छलफल सुरु भएको हो । 

    साथै बैठकमा निर्वाचनको समीक्षासहित गठबन्धनको निरन्तरता, दलहरुबीच शक्ति बाँडफाँट गर्ने विषयमा आन्तरिक रुपमा छलफल भएको छ ।