काठमाडौँ । समानुपातिकतर्फ नेकपा एमाले शिर्ष स्थानमा रहेको छ । निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो अपडेट (बुधबार विहान ६ बजेसम्म) अनुसार अहिलेसम्म ९९ लाख ९३ हजार ५६८ मत गणना भइसकेको छ ।
जस अनुसार नेकपा एमाले सबैभन्दा अगाडी रहेको छ । एमालेले समानुपातिकमा अहिलेसम्म २६ लाख ९४ हजार १२४ मत प्राप्त गर्दै शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै नेपाली कांग्रेसले २५ लाख ४८ हजार ७७८ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ ।
पछिल्लो अपडेट अनुसार माओवादी केन्द्रले समानुपातिकतर्फ अहिलेसम्म ११ लाख ४३ हजार ५०३ मत प्राप्त गरेर तेस्रो स्थानमा छ ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म १० लाख ९८ हजार १७१ मत प्राप्त गर्दै चौथो स्थानमा रहेको छ ।
त्यस्तै राप्रपाले समानुपातिकतर्फ अहिलेसम्म ५ लाख ७० हजार १०२ मत प्राप्त गरेको छ भने जसपाले ३ लाख ८८ हजार ४८२ मत प्राप्त गरेको छ ।
त्यसैगरी जनमत पार्टीले ३ लाख ४६ हजार ९७० मत प्राप्त गरेको छ भने एकीकृत समाजवादी पार्टीले २ लाख ८१ हजार ३४८ मत प्राप्त गरेको छ ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ४७ हजार ७०१ मत प्राप्त गरेको छ भने लोसपाले एक लाख ४७ हजार ९२४ तथा नेपाल मजदुर किसान पार्टीले ७३ हजार ५९३ प्राप्त गरेको निर्वाचन आयोगले जानकारी गराएको छ ।
त्यस्तै हाम्रो नेपाली पार्टीले ५३ हजार ९२० मत प्राप्त गरेको छ ।
.jpg)


