बुधबार, कार्तिक १९ गते २०८३
images
images

सबै कम्युनिष्ट एक हुनुपर्छ : नेकपा महासचिव विप्लव

एक्सप्रेस पाना
मंसिर १४, २०७९ बुधबार
  • 174
    SHARES
  • सबै कम्युनिष्ट एक हुनुपर्छ : नेकपा महासचिव विप्लव

    नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालका सबै कम्युनिष्टहरू एक हुने बेला आएको बताएका छन् ।

    images

    आम निर्वाचनको विषयमा भिडियो वक्तव्य दिँदै विप्लवले झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै एक हुनुपर्ने बताएका हुन् ।

    ‘हामी कम्युनिष्टहरू एक हुन जरुरी छ । झापा विद्रोहदेखि, जनयुद्धदेखि यहाँसम्म क्रान्ति र परिवर्तनको पक्षमा लडेका, योगदान गरेका, नयाँ सपना देखेका कुनै न कुनै रुपले योगदान गरेका सबै कम्युनिष्ट समर्थक नागरिकहरु, जनसमुदायहरू, देशभक्त नागरिकहरू,’ उनले भनेका छन् ।

    images

    कम्युनिष्टलाई घेरबन्दी गरेर समाप्त पार्न खोजिएको उनको आरोप छ ।