मंसिर १४ गोरखा । नेकपा माओवादी केन्द्रका नवनिर्वाचित निर्वाचित संसद कृष्ण धिताल यतिबेला जनताको सेवामा लागि सक्नु भएको छन् ।
गोरखा क्षेत्र नम्बर-१ (क) प्रदेशकाबाट गत मंसिर ४ मा समपन्न् निर्वाचमा भारि मतका साथ उहाँ निर्वाचित हुनु भएको थियो ।
संसद धितालले गोरखा र चितवन जोडने त्रिशुली नदिमाथिको बुटार पुलको विषयमा सडक विभागका अधिकारीहरु संग छलफल गरी तुरुन्तै पुरानो ठेक्का तोडी नयाँ ठेक्का तयारी गर्न लगाउनु भएको हो ।
गोरखा जिल्लाको गण्डकी गाउँपालिका बुटार जोड्ने गरि त्रिशूली नदीमाथि पप्पु कन्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको करिब ८ वर्ष बित्यो तर पनि निर्मण कार्य पूरा गरेको छैन् । राजमार्ग जोड्ने बुटार पुल अलपत्र हुँदा सो क्षेत्रका स्थानिय जनतालाई आउजाउमा निकै समस्य भएको छ । दुवैतर्फ पुलको पिल्लर मात्रै हालेर कन्ट्रक्सनले काम छाडेको छ । सम्झौता अनुसार पुल निर्माण २०७४ पुस २९ गते सक्नुपर्थ्यो ।
निर्माण सुरु भएको ८ वर्ष र सम्पन्न भइसक्नुपर्ने ५ वर्षसम्म पुलको प्रगति ११ प्रतिशत मात्रै छ । समयमै काम नसक्ने निर्माण व्यावसायीलाई २०७५ असार २७ गते कार्यालयले करिब दुई करोड भुक्तानी दिएको थियो ।
विवादपछि निर्माण व्यावसायीले सर्वोच्च अदालतमा २०७६ कात्तिकमा मुद्दा दायर गरे। मुद्दा फैसला नहुँदा पुल निर्माण थप अन्योल बनेको छ । भूकम्प, नाकाबन्दी, कोभिड १९, सार्वजनिक खरिद नियमावलीको संशोधन लगायत कारणले म्याद थप हुँदै आएको थियो, पक्की पुल नजिकै एक सय मेघावाटको सुपर त्रिशूली जलविद्युत आयोजना निर्माण हुँदैछ । उक्त आयोजनाले समेत स्थानिय बासीलाई ढाटेको हुनाले स्थानिय बासिहरु आयोजक संग रुस्ट बनेका छन् । अयोजना निर्माण गर्न नदिनका लागी स्थानियले अवाज उठाएका छन्, भने आयोजनाको त्यस क्षत्रेमा कुनै पनि काम नरहेको स्थानियले बताउदै आएका छन् ।
साथै यस्तै उहाँ एक्सप्रेस पानासँग कुरा गर्दै भन्नु भयो ''यहि कम्पनीले काम गर्छ भने सात दिन भित्रमा गर्नु पर्यो यदि हैन भने नयाँ टेन्डर निकालेर तुरुन्तै काम गर्ने गरि अघि बढाउने समेत बताउनु भयो ।''

.jpg)


