बुधबार, कार्तिक १९ गते २०८३
images
images

स्याङ्जा-२ मा काँग्रेसका गुरुङले अग्रता लिए

एक्सप्रेस पाना
मंसिर १५, २०७९ बिहीबार
  • 137
    SHARES
  • स्याङ्जा-२ मा काँग्रेसका गुरुङले अग्रता लिए

    स्याङ्जा-२ मा नेपाली कांग्रेसका उम्मेदवार एवं कांग्रेस उपसभापति धनराज गुरुङले अग्रता लिएका छन् । 

    images

    मत गणनाको पछिल्लो अपडेट अनुसार गुरुङले कुल ३९०१ मत प्राप्त गरेला छन् ।

    त्यस्तै यसअघि अगाडी रहेकी नेकपा एमालेकी उम्मेदवार एवं सचिव पद्माकुमारी अर्यालले ३२४७ मत प्राप्त गरेकी छन् ।

    images

    पछिल्लो मत गणना अपडेट अनुसार गुरुङ एमालेकी अर्यालभन्दा ६५४ मतले अगाडी रहेका छन् ।

    हालसम्म  गल्याङ नगरपालिको वडा नं ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नं ५, ६, ७ र ८ को मतगणना सकिएको छ । निर्वाचन सम्पन्न भएको दश दिन पछि स्याङ्जा–२ मा मंगलबार राति ९ बजेदेखि मतगणना सुरु भएको हो ।