सिन्धुपाल्चोक, १५ मङ्सिर । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले एसियालि विकास बैंक एडिबिको ऋण सरकारले तिर्न नहुने बताउनुभएको । सरकारको गौरबको योजना मेलम्ची खानेपानि आयोजनाको निमार्णको क्रममा गतबर्षको बाढीका कारण आयोजनामा क्षति पुगेपछि एडिबिको अध्ययन रिपोर्ट गलत साबित भएको उहाँले दावि गर्नुभयो ।
अध्यक्ष शेर्पाले एडिबि जस्तो विस्वाशिलो संस्थाले गरेको काममा प्रश्न उठाउनु दुखद् भएको भन्दै एडिबिले नेपालीलाई झुक्याएको बताउनुभयो । उहाँले यस्तो दुर्घटना हुनेकुरा अध्ययन रिपोर्टमा आउनपर्ने बताउँदै एडिबिले आफ्नो कमजोरी स्विकार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालीलाई ३१ अर्ब ऋण बोकाएर त्यसको कुनै उपलब्धी नभएको उल्लेख गर्दै अब सरकारले यसबारेमा चासो दिनुपर्ने बताउनुभयो ।
बिहिबार सञ्चारकर्मि सँग कुरा गर्दै अध्यक्ष शेर्पाले यसबारेमा थप अध्ययन आवश्यक रहेको बताउनुभयो ।
.jpg)


