बुधबार, कार्तिक १९ गते २०८३
images
images

दोलखामा माओवादीका कार्कीको अग्रता कायमै

एक्सप्रेस पाना
मंसिर १६, २०७९ शुक्रबार
  • 156
    SHARES
  • दोलखामा माओवादीका कार्कीको अग्रता कायमै

    दोलखा । दोलखाको प्रतिनिधिसभा तर्फ माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले शुरुवाती अग्रता कायम गरेका छन् ।

    images

    मत गणनाको पछिल्लो अपडेट अनुसार माओवादीका उम्मेदवार कार्कीले ३६१८ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले १८०० मत प्राप्त गरेका छन् ।

    त्यस्तै दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले १३५ मत प्राप्त गरेका छन् । 

    images

    दोलखाको १० मतदान केन्द्रमा बुधबार पुनः मतदान भएको थियो । मतदान सम्पन्न भएपछि बुधबार राति ९ बजेदेखि नै मत गणना शुरु भएको हो । जिल्लाको बाँकी स्थानमा यही  मङ्सिर ४ गते मतदान सम्पन्न भएको थियो । प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए ।

    कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार रहेका छन् ।