शनिबार, भाद्र २७ गते २०८३
images

माओवादी उपमहासचिव पुन उपचारका लागि आज चीन जाँदै

एक्सप्रेस पाना
मंसिर १६, २०७९ शुक्रबार
  • 491
    SHARES
  • माओवादी उपमहासचिव पुन उपचारका लागि आज चीन जाँदै

    नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन् ।

    images

    नेता पुनलाई पुरानै रोग वंशाणुतग रूपमा रहेको जण्डिसले फेरि सताएपछि नेता पुन यस अघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन् । यस अघि २०७८ मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार गर्दा रोग निको भएको थियो ।

    चीन-नेपाल नियमित उडान नभएकाले पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका उपमहासचिव पुन आज साँझ ७ बजे इमिरेट्सको उडानबाट दुवई, ग्वान्झाओ हुँदै सेनजेन जान लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

    images

    गत वर्ष चीनमा उपचार गरेर फर्कदा जण्डिसको मात्रा (बिलरुविन) ९ रहेकोमा अहिले बढेर ३५ पुगेको छ । नेता पुनसँगै उपचारका लागि पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शीला आज चीनको सेनजेन जान लागेका हुन् ।

    काठमाडौंमा रगत, ब्लड प्रेसर, मुटुको चाल, बिलरुविनको मात्रा जस्ता परिक्षण गरेर थर्ड पिपुल्स अस्पतालका चिकित्सकसँग नियमित सम्पर्कमा रहेका पुनलाई चिकित्सकले फलोअपमा अस्पताल नै आउन सल्लाह दिएपछि आज चीन जान लागेका हुन् । चीन जानु अघि उपमहासचिव पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवासँगसमेत परामर्श गरिसकेका छन् ।

    स्वास्थ्यमा समस्या देखिएपछि अफ्नो निर्वाचन क्षेत्र रोल्पाको चुनावी कार्यक्रममा उनी घरदैलोमा निस्कन सकेनन् । मंसिर ४ गते मतदान गरेलगत्तै उनी काठमाडौंमा आएर आराम गरिरहेका छन् ।

    माओवादी केन्द्रका तर्फबाट सत्तारुढ गठबन्धनमा सिट बाँटफँड कार्यदलमा रहेर काम गरेका नेता पुनको कार्यव्यवस्थताका कारण पुरानै रोग जण्डिस बल्झिएको थियो । नेता पुन स्थानीय तह र संघ तथा प्रदेशको निर्वाचनमा माओवादीका तर्फबाट सिट बाँटफाँड कार्यदलमा सहभागि थिए । त्यतिबेला हरेक दिन मध्यराति सम्म बैठक हुने र खाना तथा आरामको समय नमिलेका कारण उनलाई पुरानै रोगको असर देखिएको उनको सचिवालयको भनाई छ । अस्वस्थाताका बाबजुत नेता पुन सिट बाँटफाँड कार्यदलमा सक्रिय भएर लागेका थिए ।

    वंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन गत वर्ष असोज १३ गते बैंककतर्फ लागेका थिए। बैंककमा उपचार सफल नभएपछि चीनको सेनजेन लगिएको थियो ।