बुधबार, कार्तिक १९ गते २०८३
images
images

अब स्वतन्त्र एक हुने समय आयो, बालेनलाई घेराबन्दी गर्न पाइदैन : हर्क साम्पाङ

एक्सप्रेस पाना
मंसिर १७, २०७९ शनिबार
  • 190
    SHARES
  • अब स्वतन्त्र एक हुने समय आयो, बालेनलाई घेराबन्दी गर्न पाइदैन : हर्क साम्पाङ

    काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अब स्वतन्त्रहरु एक हुने बेला आएको टिप्पणी गरेका छन् ।

    images

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै साम्पाङले अहिले बालेन शाहलाई घेराबन्दीमा पारिएको उल्लेख गर्दै यो निन्दनीय भएको बताएका छन् ।

    उनले कथाले मागेकोले अब स्वतन्त्रहरु एक हुने बेला आएको बताउदै बालेनलाई आफ्नो साथ रहेको बताएका छन् ।

    images

    उनले भनेका छन्-  
    कथाले माग्यो अब ! स्वतन्त्रहरु एक बन्ने बेला आएको छ ! स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ ! त्यो निन्दनीय छ ! यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ !