काठमाडौं क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रले चुनावी खर्च सार्वजनिक गरेका छन् । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै चुनावी खर्च साढे २४ लाख भएको जानकारी दिएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवारी दिएका उनले २४ लाख ४९ हजार ६०७ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा पेश गरेका छन् ।
उनले चुनावी खर्च गर्न सार्वजनिक रूपमा आर्थिक सहयोगका लागि अपिल गरेका थिए । २०७४ को चुनावमा पनि उनले साढे २१ लाख खर्च गरेका थिए ।
आयोगले काठमाडौं-१ मा २५ लाख खर्च गर्न पाउने सीमा तोकेको थियो । उक्त रकम जम्मा भएपछि आफूले भिडिओ सन्देशमार्फत सहयोग नगर्न पनि भनेका थिए ।
त्यसपछि पनि रकम आएर कूल ३३ लाख जम्मा भएको उनले जानकारी दिएका छन् । र बाँकी रहेको साढे ८ लाख काठमाडौं क्षेत्र नम्बर १ सरोकार कोषमा राखिने उनले उल्लेख गरेका छन् ।
प्रेस विज्ञप्ति: मेरो निर्वाचन खर्च साढे २४ लाख
(प्रकाशन तथा प्रसारणका लागि)
हालै सम्पन्न निर्वाचनमा मैले काठमाडौँ क्षेत्र नं एकबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिष्पर्धा गर्ने क्रममा २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण आज निर्वाचन आयोग समक्ष पेश गरेको छु ।
.jpg)


