काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डीन आर थम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटवार्ता एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा भएको थियो ।
भेटमा स्वागत एवम् कार्यकाल सफलताको कामनासहित नेपाल अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भएको नेता नेपालको सचिवालयले जानकारी दिएको छ । र्यान्डी बेरीले आफ्नो चार बर्षे कार्यकाल पुरा गरेपछि उनको ठाउमा थम्पसन आएका हुन् ।
.jpg)


