बुधबार, कार्तिक १९ गते २०८३
images
images

धनगढी जाँदै प्रधानमन्त्री देउवा

एक्सप्रेस पाना
मंसिर २२, २०७९ बिहीबार
  • 193
    SHARES
  • धनगढी जाँदै प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज धनगढी जाँदै छन् ।

    images

    सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको धनगढीमा आयोजना हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न देउवा आज धनगढी जान लागेका हुन् ।

    सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सङ्घले महोत्सव आयोजना गरेको हो। महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ।

    images

    कैलाली उद्योग वाणिज्य सङ्घले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएकोमा अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण महोत्सव आयोजना हुन सकेको थिएन।