बुधबार, कार्तिक १९ गते २०८३
images
images

राष्ट्रिय स्वतन्त्र पार्टी टुंगायो समानुपातिकको सूची, को को परे ?

एक्सप्रेस पाना
मंसिर २४, २०७९ शनिबार
  • 187
    SHARES
  • राष्ट्रिय स्वतन्त्र पार्टी टुंगायो समानुपातिकको सूची, को को परे ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा समानुपातिकतर्फ पाएको १३ सांसद सूची टुंगो लगाएको छ ।

    images

    शनिबार बसेको केन्द्रीय समितिको बैठकले समानुपातिकतर्फको १३ सांसदको टुंगो लगाएको हो । रवि लामिछाने नेतृत्वमा रहेको  राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ भने ७ सिटमा जित हासिल गरेको थियो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले दलितबाट सन्तोष परियार र शिव नेपाली, त्यस्तै आदिवासी/जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा रानामगर र सुमना श्रेष्ठ, त्यस्तै खस आर्यबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल र निशा डाँगी, त्यस्तै मधेसीबाट लक्ष्मण तिवारी र मनिष झा तथा थारुबाट अशोककुमार चौधरीलाई समानुपातिक तर्फ छानेको छ । 

    images

    राष्ट्रिय स्वतन्त्र पार्टीले आजै समानुपातिकको सूची निर्वाचन आयोगमा बुझाउदै छ । 

    निर्वाचन आयोगले समानुपातिक संसद्को अन्तिम सूची पेस गर्न आज अपराह्न ४ बजेसम्मको समय दिएको छ ।