बुधबार, कार्तिक १९ गते २०८३
images
images

राप्रपाले छान्यो समानुपातिकतर्फका सांसद, को को परे ?

एक्सप्रेस पाना
मंसिर २४, २०७९ शनिबार
  • 349
    SHARES
  • राप्रपाले छान्यो समानुपातिकतर्फका सांसद, को को परे ?

    काठमाडौं । राप्रपाले प्रतिनिधि र प्रदेशसभाको समानुपातिकतर्फका २४ सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ । 

    images

    राप्रपाले प्रतिनिधिसभातर्फ पशुपतिशमशेर जबरा,  बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बीना लामा,  बीना जैसवाल र अनिषा नेपालीको नाम आयोगमा पठाएको हो । 

    केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा समानुपातिकका केही नाममा विवाद भएपछि सबै टुंगो लगाएर सूची पठाउने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको थियो ।  

    images

    राप्रपाले प्रतिनिधिसभातर्फ ७, प्रदेश सभातर्फ प्रदेश १ मा ४, मधेसमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा १ जना समानुपातिक सांसद छानेको छ ।